पाल्पामा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यू

कर्णालीदृष्टी संवाददाता २३ माघ २०७८, आईतवार ०६:५४

पाल्पा – पाल्पामा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यू भएको छ । ३८ वर्षीय वसन्त गिरी र ५० वर्षीय गणेश परियारको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार तानसेन ४ बडिज्ञानटोलमा भाडामा बस्दै आउनुभएका वसन्त गिरी र अर्घाखाँचीको छत्रकोट गाउँपालिका ४ स्थायी ठेगाना भइ तानसेनमा मागेर खाँदै हिँड्ने ५० वर्षीय गणेश परियारको मृत्यू भएको हो ।

ज्याला मजदुरी गर्दै आउनुभएका गिरी शनिबार बिहान ८ बजे तानसेन नगरपालिका ४ सिल्खानटोलमा पर्ने तानसेन गुल्मी सडकको भित्तामा घोप्टो परेको अवस्थामा भेटिनुभएको थियो ।

बेहोस अवस्थामा रहेका उहाँलाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लगिए पनि डाक्टरले मृत घोषणा गरेका थिए ।

Next Post

हुम्लाको सिमकोटमा चार फिटसम्म हिउँ

२३ माघ २०७८, आईतवार ०६:५४
हुम्ला – बिहीवारदेखि लगातार परेको हिमपातले सदरमुकाम सिमकोट सेताम्मे भएको छ । लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटदेखि उत्तरका बासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ । सिमकोटमा बेलुकादेखि परेको हिउँ चार फिट जमेको छ । यहाँको तापक्रम माइनसमा झरेपछि जाडो अत्यधिक बढेको छ । हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायत क्षेत्रमा […]