रातको समयमा चम्किएर पहाड नै झलमल बनाउने अनौठो च्याउ

खबरदृष्टि ३० भाद्र २०७७, मंगलवार १६:०५

काठमाडौं । तपाईंले विभिन्न खालका च्याउहरु देख्नुभएकै छ होला । विभिन्न जातका खाने च्याउ मात्र होइन खान नमिल्ने विषालु जंगली च्याउ पनि देखिएकै हुन्छन् । तर के तपाईंले रातको समयमा चम्किने च्याउ देख्नुभएको छ ?

छिमेकी मुलुक भारतको गोवामा एउटा यस्तो च्याउ पाइन्छ जो रातको समयमा चम्किने गर्दछ । उक्त बायो ल्युमिनिसेन्ट च्याउ गोवाका पहाडी जंगलहरुमा पाइन्छ । उक्त च्याउले रातको समयमा चम्किएर पहाडलाई नै झिलिमिली बनाइदिन्छ ।

गोवाको म्हाडेइ वन्यजन्तु आरक्षमा उक्त दुर्लभ प्रजातिको च्याउ फेला परको हो, पहिलोपटक ।

रातको अँध्यारोमा यो च्याउ हल्का निलो–हरियो तथा बैजनी रङमा चम्किन्छ । यो च्याउ दिउसो भने अरु सामान्य च्याउजस्तै देखिन्छ । तर जब रात पर्दछ, यो चम्किन सुरु गर्दछ ।

यो च्याउ माइसेना प्रजातिको हो । गोवाको उक्त वन्यजन्तु आरक्षमा यो च्याउ प्रसस्तै पाइन्छ । तर दिउसोको समयमा यो च्याउलाई पहिचान गर्न कठीन हुने भएकाले यसलाई हेर्नका लागि रातको समयमा जानुपर्ने हुन्छ ।

साथै यो च्याउ २१ देखि २७ डिग्री सेल्सियस तापक्रमको बीचमा मात्र फक्रिन्छ ।

–एजेन्सी

Next Post

नवनियुक्त मन्त्रीहरुको सपथ बिहीबारमा ।

३० भाद्र २०७७, मंगलवार १६:०५
२८ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीन जनाले पद तथा गोपनीयताको सपथ बिहीबार साढे ११ बजे लिने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सपथ समारोह राष्ट्रपति कार्यालयमा बिहीबार साढे ११ बजेका लागि तोकिएको छ । प्रधानमन्त्री ओलीले बुधबार विष्णु पौडेललाई […]