बलात्कारको झुटो आरोप लगाउने सुर्खेतकी एक महिलालाई साढे ३ वर्ष कैद

चक्र प्रसाद पोख्रेल ३ चैत्र २०७७, मंगलवार ०८:४५

 

सुर्खेत :सुर्खेत जिल्ला अदालतले बलात्कारको झुटो आरोप लगाउने एकजना महिलालाई साढे तीन वर्ष कैद सजाय सुनाएको छ ।अदालतका न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले सोमबार आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलाविरुद्ध तीन वर्ष ६ महिना कैद सजाय सुनाएको हो ।

ती महिलाले वीरेन्द्रगर नगरपालिकाको एक शाखामा कार्यरत कर्मचारीले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको अदालतका श्रेस्तेदार यामप्रसाद बास्कोटाले जानकारी दिए ।

श्रेस्तेदार बास्कोटका अनुसार कैद सजाय तोकिएकी ती महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचार गरिएको छ ।

Next Post

राष्ट्रपतिको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

३ चैत्र २०७७, मंगलवार ०८:४५
काठमाडौ :राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएकीछन । उनले दिउँसो चार बजेका लागि सर्वदलीय बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि राष्ट्रपतिले दलका प्रमुख नेता र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेकी हुन । दलहरूबीच बढ्दै गइरहेको असन्तुष्टि, […]