रुकुम (पूर्व)को भूमेका ठूला बस्तीमा सडकको पहुच

कर्णालीदृष्टी संवाददाता ११ चैत्र २०७८, शुक्रबार ०६:५६

रुकुम (पूर्व) । रुकुम (पूर्व)को भूमे गाउँपालिकाका सबै ठूला मुख्य बस्तीमा सडक सञ्जालको पहुँच पुगेको छ । स्थानीय सरकार हुनुअघि गाउँपालिका मध्यपहाडी राजमार्ग र सहिद मार्गको मात्र पहुँचमा रहेको थियो । हाल भूमेका सबै ठूला मुख्य बस्तीमा सडक सञ्जालको पहुँच पुगेको हो ।

संघीयता कार्यान्वयन भएको ५ वर्ष पुग्नै लाग्दा भूमेका सबै ठूला मुख्य बस्तीमा सडक सञ्जालको पहुँचमा पुगेको छ । चुनावमा मतदातासँग गरिएको महत्त्वपूर्ण प्रतिबद्धतामध्ये एक सडकतर्फ सोचेअनुसारको विकास भएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरको प्रतिक्रिया रहेको छ ।

आफूहरू निर्वाचित हुनुअघि मध्यपहाडी राजमार्ग र सहिद मार्ग बाहेक अरू कुनै पनि सडक सञ्जालको पहुँच नभएको अवस्थामा हाल ४ वर्षको अन्तरालमा सडक निर्माणको कामतर्फ भने सोचेअनुसारकै काम भएको र भइरहेको अध्यक्ष बुढा मगरको भनाइ छ ।

Next Post

जुम्लाका किसानलाई मेसिनले राडिपाखी बुन्न सहज बनाउदै ।।

११ चैत्र २०७८, शुक्रबार ०६:५६
जुम्ला । पछिल्लो समयमा मेसिनले राडिपाखी बुन्न थालेपछि जुम्लाका किसानलाई निकै सहज भएको छ । पहिले एक हप्तामा एउटा राडि या पाखी बुन्दै आएका यहाँका किसानले अहिले मेसिनको प्रयोगले सहजै रुपमा राडिपाखी बुन्न थालेका हुन् । हातले राडिपाखी बुन्दै आइराखेका जुम्ला तातोपानी गाउँपालिका ७ सर्मी गाउँका स्थानीय चन्द्रबहादुर कुवर मेसिनले […]