कक्षा १२ को परीक्षा दशैं अगाडि होमसेन्टरबाट गर्ने तयारी

असोजको सुरुमै परीक्षा गर्ने गरी तयारी

कृष्ण शर्मा ५ भाद्र २०७८, शनिबार १९:४१

काठमाडौं – कक्षा १२ को परीक्षा स्थगित गरेपनि अब कसरी र कहिले सञ्चालन गर्ने अन्यौल छ । शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड यसबारे निर्णय लिने तयारी गरिरहेको छ। बोर्डले दशैं अगावै परीक्षा गर्ने तयारी गरेको छ । विद्यार्थीलाई कोरोना भाइरसको खोप दिएलगत्तै परीक्षा गर्ने तयारी भएको हो ।

आज प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरुले कक्षा १२ को परीक्षा पुनः सञ्चालन गर्न सरकारलाई सुझाव दिएका छन् । उनीहरुले यसअघि परीक्षा स्थगित गरेको भन्दै सरकारको आलोचना समेत गरे । कोरोना भाइरसको संक्रमण बढेको भन्दै साउनको अन्तिमबाट सुरु गर्ने भनिएको परीक्षा स्थगित गरिएको थियो । सीसीएमसीको सिफारिश निर्देशन अनुसार बोर्डले परीक्षा रोकेको थियो । त्यसबाट लाखौं विद्यार्थी प्रभावित भए । परीक्षाका लागि तयार भइसकेका विद्यार्थीहरु निराश भए ।

अब सरकारले परीक्षा दिने विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिएर परीक्षा सुचारु गर्ने तयारी गरेको छ । तर, परीक्षा आफू अध्ययन गरेको विद्यालयबाटै हुने या अन्य सेन्टरबाट गर्ने अन्यौल छ ।
आज समितिमा पूर्वशिक्षामन्त्री समेत रहेका सांसद गिरिराजमणि पोखरेलले जनस्वास्थ्यको मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न निर्देशनको सुझाव दिए । उनले विद्यार्थीको भविष्यलाई अन्यौलमा नराख्न भने ।

सांसद जीवनराम श्रेष्ठले पनि परीक्षा तत्काल सञ्चालन गर्न जोड दिए । उनले मापदण्ड तोकेर परीक्षा तत्काल सञ्चालन गर्न सुझाव दिए । सांसद मानबहादुर विश्वकर्माले पनि विद्यार्थीलाई गृह जिल्लामै होमसेन्टर दिएर परीक्षा सञ्चालन गर्न सुझाव दिए । सांसदहरुको सुझावसमेतलाई ध्यानमा राखेर परीक्षा चाँडै गर्ने तयारी चलिरहेको बुझिएको छ । असोजको सुरुमै परीक्षा गर्ने गरी तयारी भइरहेको विश्वस्त स्रोतले जानकारी दियो ।

Next Post

२ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

५ भाद्र २०७८, शनिबार १९:४१
काठमाडौं –पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यही अवधिमा थप २ हजार ३८२ जना जना निको भएका हुन्। नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी देखिएको छ। कुल १३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ […]