इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको शानदार जित

कर्णाली दृष्टि संवादाता २१ माघ २०७७, बुधबार ०७:४४


काठमाडौ: इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले शानदार जित निकालेको छ ।गएराति घरेलु मैदानमा भएको खेलमा साउथह्याम्टनलाई ९ – ० गोल अन्तरले हराउँदै म्यानचेस्टर युनाइटेडले आफ्नो जित निकालेको हो । जितसँगै युनाइटेडले शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ । तर, गोल अन्तरमा युनाइटेड दोस्रो स्थानमा रहेको छ ।

युनाइटेडको २२ खेलबाट ४४ अंकमा पुगेको छ । २० खेल खेलेको सिटीको ४४ अंक छ । पराजित साउथह्याम्टन २९ अंक जोडेर १२ औं स्थानमा रहेको छ । यस्तै, गएराति नै भएका खेलमा सेफिल्ड युनाइटेडले वेष्ट ब्रोमलाई २ –१ गोल अन्तरले हराएको छ । यस्तै, क्रिस्टल प्यालेसले न्यूक्यासललाई र वुल्भ्स्ले आर्सनललाई पनि २–१ गोल अन्तरले पराजित गरेको छ ।

Next Post

दैलेखमा अविवाहित महिला र एकल पुरुषले भत्ता पाउने

२१ माघ २०७७, बुधबार ०७:४४
दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल महिला तथा एकल पुरुषले पनि भत्ता पाउने भएका छन् ।गाउँपालिकामा रहेका एकल पुरुषले पटक-पटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/०७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो । गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन् । […]