एमालेको केन्द्रीय कमिटी बैठक आज, नेपाल-खनाल समूह नजाने

कर्णाली दृष्टि संवादाता ७ चैत्र २०७७, शनिबार ०७:२३

काठमाडौ:नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । त्यसअघि संसदीय दलको बैठक बोलाइएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो ।

संसदीय दलको बैठकपछि केन्द्रीय कमिटीको बैठक राख्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको तयारी छ ।

माधव नेपाल र झलनाथ खनाल समूह भने बैठकमा नजाने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि बोलाएको केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा पनि नेपाल(खनाल समूह गएको थिएन । ओलीको कार्यशैलीको विरोध गर्दै उनीहरुले छुट्टै बैठक र भेला गर्दै आएका छन् ।

उपयुक्त एजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा बैठकमा सहभागी हुन सकिने नेपाल–खनाल समूहको भनाइ छ ।

Next Post

पशु फार्ममा आगलागी, २ वाछासहित २० वटा गाई मरे,१० वटा घाइते

७ चैत्र २०७७, शनिबार ०७:२३
राजविराजःसप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ मा शुक्रबार विद्युत सर्ट भइ आगलागी हुँदा २० वटा गाई मरेका छन् ।अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ स्थित कृष्णाराम बहुउद्देश्यीय पशु फार्ममा शुक्रबार भएको आगलागीमा २ वाछासहित २० वटा गाईको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । आगलागीमा २० वटा गाईसहित दानालगायत सरसमान र गोठ पूर्ण रुपले जलेर […]