सानी सानी पुतलीको ,
कस्तो राम्रो बानी ।
साथिसंगै मिलिवस्ने,
क्स्तो राम्रो बानी ।।
फुलबारीमा बस्ने तिम्रो,
कस्तो राम्रो काम ।
फुलबारीमा घुमीघुमी,
जुटाउछौ माम ।।
हेर्दा खेरी कति सानी,
देख्दा अति राम्री ।
चारैतिर देख्न सक्ने ,
तिम्रो राम्रो बानी ।।
फुलको रस खाना भनि,
चुस्दै चुस्दै बस्छयौ ।
आफ्नो खाना बनाउन,
आफै कम्मर कस्छयौ ।।
–चक्र प्रसाद पोख्रेल (दैलेखी)
(बाल कविता रचना मिती२०६७ बैशाख ६