बहुविवाह गरेको आरोपमा एक जोडी पक्राउ

कर्णालीदृष्टि
चक्र प्रसाद पोख्रेल २३ पुष २०७७, बिहीबार २०:११

सप्तरी :जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको आरोपमा एक जोडीलाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय कञ्चनरुपले सप्तरीको कञ्चनरुप नगरपालिका–६ का ३५ वर्षीय मो. इब्राहिम मियाँ र ३२ वर्षीया हसिना खातुनलाई पक्राउ गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जेठी श्रीमति सैरुन खातुनको उजुरीमा बहुविवाह गरि कञ्चनरुपस्थित घरमा बसेका इब्राहिम र उनकी कान्छी श्रीमती हसिनालाई पक्राउ गरिएको जानकारी दिए।

कान्छी श्रीमती हसिना सुनसरीको भोक्राहा गाउँपालिका–३ का मन्सी मिंयाकी छोरी हुन् ।भोक्राहामा नै विवाह गरी मङ्सिर १३ गते मात्र घर आएका आरोपित पतिले कान्छी श्रीमती भन्दै घर भित्र्याएको पीडितले बताए। पीडित सप्तरीको खडक नगरपालिका–१० फुलबडियास्थित माईत विस्थापित हुन् । उनको १२ वर्षीय छोरा पनि छन् ।

Next Post

दैलेखमा डेढ करोडभन्दा बढी ठगी गरेको आरोपमा सुनसरीकि विद्या सरकार पक्राउ

२३ पुष २०७७, बिहीबार २०:११
सुर्खेत:समाजसेवाको नाममा ठगीको धन्दा चलाएको आरोपमा एक युवती पक्राउ परेकी छन् । इटहरी उपमहानगरपालिका–४, सुनसरीकी २४ वर्षीया विद्या शर्मा नाम बताउने विद्या सरकार पक्राउ परेकी हुन् । उनलाई बिहीबार दैलेख प्रहरीले सार्वजनिक गरेको छ । दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले ती युवतीलाई पक्राउ गरेको हो । आफूलाई […]

सम्बन्धित समाचार