हुम्लामा सुत्केरीपछि आमा र नवजात शिशुको ज्यान गयो

कर्णालीदृष्टी संवाददाता ९ माघ २०७८, आईतवार १७:०३

हुम्ला – जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको ज्यान गएको छ ।  सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको अस्ति ७ र नवजात शिशुको गएको बुधवार ज्यान गएको हो  ।

अस्पतालका अनुसार उहाँको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो । टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि उहाँलाई जिल्ला अस्पतालमा लगिएको थियो । यसपछि शल्यक्रिया गरेर बच्चा जन्माइएको थियो ।

शल्यक्रिया गरेको दुई दिनसम्म टीकाकाे स्वास्थ्यमा सुधार भए पनि अस्ति स्वास्थ्यमा समस्या देखिएको थियो । जुम्लाको नच्दनाथ नगरपालिका–८ कोटीला माइत भएकी टीकाको  एक वर्ष अगाडि हुम्लामा विवाह भएको थियो । माइती पक्षले उहाँको शव बुझ्न मानेका छैनन् । उनीहरुले आमा र बच्चाको ज्यान जानुको कारण खुलाउन माग गरेका छन् ।

अस्पतालको प्रसूतिगृहमा शल्यक्रियाद्वारा बच्चा जन्माइएकाे सुत्केरीको ज्यान गएको यो पहिलो पटक हो । त्यहाँका महिलाले समयमै उपचार नपाउँदा अकालमै ज्यान गुमाउनुपरेको छ ।

जिल्लामा स्वास्थ्यकर्मी नियमित नबस्नु, औषधि उपकरणलगायतको अभावले ज्यान जाने गरेको छ । हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन । गएको पुस ३० गते हुम्लाको अदानचुली गाउँपालिका वडा ६ की गौगरा छन्त्यालको सुत्केरी भएको पाँच मिनेटपछि ज्यान गएको थियो ।

Next Post

पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ६२ संक्रमित थपीए, १ हजार ४१६ संक्रमणमुक्त

९ माघ २०७८, आईतवार १७:०३
काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १७ हजार चार सय ३७ जनाको नमुना परीक्षण गर्दा ३७ प्रतिशत अर्थात् ६ हजार चार सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ […]

सम्बन्धित समाचार