आज कर्णालीका चार जिल्लामा विद्युत अबरुद्ध

कर्णाली दृष्टि संवादाता ७ चैत्र २०७७, शनिबार ०८:३०


सुर्खेत :आज कर्णालीका चार जिल्लामा विद्युत अबरुद्ध हुने भएको छ। अत्तरियास्थीत ग्रिड शाखाले ३३ केभि साइडको ट्रान्सफर्मर देखि बसबार सम्मको कन्डक्टरहरु बदली (अपग्रेड) कार्य गर्ने भएकाले कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट र सल्यान जिल्लामा विद्युत अवरुद्ध हुने भएको हो ।

नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका अनुसार बिहान ७ बजेदेखि दिउँसो २ बजे सम्म चार जिल्लामा पुर्ण रुपमा विद्युत अबरुद्ध हुनेछ ।चार ओटै जिल्लमा कोहोलपुर सुर्खेत ३३ केभि प्रशारण लाइन अन्तर्गत पर्दछन् ।

सो लाईन अन्तर्गत पर्ने जुनसुकै ठाउँमा सानो समस्या आउँदा पनि कर्णालीका चार जिल्लामा विद्युत अबरुद्ध हुने समस्या छ,’ वितरण केन्द्रका प्रमुख टंकरजा गिरीले भने ।’

अत्तरिया ग्रिड शाखाले आफु अन्तर्गत रहेको कोहलपुर १३२÷३३ केभि सवस्टेशनको ६३ एमभिए ट्रान्सफर्मर १ को कन्डक्टरहरु बदली ९अपग्रेड० कार्य गर्ने भएको हो ।

Next Post

जङ्गली हात्तीको आक्रमणबाट महिलाको ज्यान गयो

७ चैत्र २०७७, शनिबार ०८:३०
चितवन :जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका-१३ उजेलीनगर घर भएर त्यही ठाउँको गङ्गानगरमा भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् । इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः ०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै […]