दैलेखमा स्मार्ट लकडाउन कार्यान्यन गरिने

विहान ६ बजेदेखि साँझ ६ बजेसम्म बजार खुल्ने

कृष्ण शर्मा २ भाद्र २०७८, बुधबार १५:००
दैलेख – स्जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन समितिले दैलेखमा स्मार्ट लकडाउन कार्यान्वय प्रभावकारी गराउने निर्णय गरेको छ ।
समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा मंगलबार दैलेखमा बसेको बैठकले उच्च स्वास्थ्य सावधानीका साथ आर्थिक गतिविधि सञ्चालन गरिने निर्णय गरेको हो ।
‘भीडभाड’ रोकथाम, ‘भेण्टीलेटर’को उचित व्यवस्थापन गरी संक्रमितहरुको उपचार गर्ने र ‘भौतिक दूरी’ कायम गरेर कोरोना रोकथामका उपायहरुको प्रयोग गर्ने नेपाल सरकारको परिपत्र अनुसार मार्ट लकडाउन कार्यान्वय गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले बताए । कोरोना रोकथामका लागि प्रहरीले बाटो हिंड्ने सबैलाई अनिवार्य मास्क अभियान सञ्चालन गरेको साथै स्थानीय तह, नागरिक समाज र सबैले सचेतना अभियानलाई सघाउनुपर्ने दैलेखका प्रहरी इञ्चार्ज डीएसपी अनुपम श्रेष्ठले आग्रह गरेका छन् ।
राजनीतिक दलका बिरोध प्रदर्शन कार्यक्रमहरुले कोरोना संक्रमण जोखिम बढेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले टिप्पणी गरे । स्थानीय तहहरुले कोरोना परीक्षण दायरा बढाउनुपर्ने रेग्मीको सुझाव छ ।
विहान ६ बजेदेखि साँझ ६ बजेसम्म बजार खुल्ने असार १७ गतेको निर्णयलाई कोभिड संकट व्यवस्थापन समितिले निषेधाज्ञा लागि निरन्तरता दिएको छ ।

Next Post

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु द्वारा दैलेखमा राँके जुलुस प्रदर्शन

२ भाद्र २०७८, बुधबार १५:००
  दैलेख – राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु ले दैलेखमा राँके जुलुस प्रदर्शन गरेको छ । दैलेख जिल्ला सदरमुकाम मा राजनीतिक दलसम्बन्धी अध्यादेश विरुद्ध राँके जुलुस निकालेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको राजनितिक दलसम्बन्धी अध्यादेश गर्नुपर्ने र पार्टी फुटाउन नपाइने भन्दै आन्दोलन गरेको रास्ट्रिय युवा सँघ नेपाल […]