कर्णाली प्रदेशमा औद्योगिक विकासको अवस्था नाजुक ; कार्यविधि नबन्दा अन्योल

बजेट नै तोकिएन

कृष्ण शर्मा २८ श्रावण २०७८, बिहीबार २०:०२

 

कृष्ण शर्मा । सुर्खेत –कर्णाली प्रदेशमा औद्योगिक विकासको अवस्था नाजुक देखिएको छ ।

हालसममको तथ्याङ्क अनुसार प्रदेशमा मझौला तथा ठुला उद्योगको अवस्था शून्य छ । प्रदेश सरकारले बर्सेनि औद्योगिक विकास गर्ने भनेर नीति तथा कार्यक्रममा समेटे पनि अहिलेसम्म औद्योगिकीकरणको दिशामा कुनै काम हुन सकिरहेको छैन ।

रोजगारी र अर्थतन्त्रको ठुलो हिस्सा ओगट्न सक्ने औद्योगिक क्षेत्रको विकासमा प्रदेश सरकारले तदारुकता नदेखाएको सरोकारवालाहरु ले बताएका छन ।

प्रदेश सरकारले ‘प्रदेशलाई औद्योगिकीकरणतर्फ उन्मुख गराई औद्योगिक विकास गर्न निजी क्षेत्र, स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नका लागि औद्योगिक पूर्वाधारको विकास गर्ने’ भनेर सुरुवातदेखि नै भन्दै आएको छ । तर, अहिलेसम्म अवस्था ज्युँका त्युँ नै छ ।

प्रदेश सरकारले आर्थिक वर्ष ०७७÷७८ मा औद्योगिक ग्राम स्थापनाका लागि भन्दै ७ करोड ५० लाख रुपैयाँ छुट्याएको थियो तर, त्यो बजेट कार्यान्वयन नै हुन सकेन । त्यतिबेला केन्द्र सरकारसँगको समन्वयमा प्रदेशको विशेष आर्थिक क्षेत्र स्थापना गर्ने भनिए पनि अहिलेसम्म जग्गा प्राप्ति नै भएको छैन ।

केन्द्र सरकारको कार्यविधिमा रहेर काम गर्नुपर्दा समस्या भएको प्रदेश सरकारले बताएको छ । अहिलेसम्म उद्योग ग्राम विस्तारका क्षेत्रमा न पूर्वाधारका काम हुन सकिरहेको छ भने न त जग्गाको छनोट नै ।

चालु आर्थिक वर्षमा पनि सोही कार्यक्रमलाई निरन्तरता दिइएको छ । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा रोजगारी सिर्जना एवम् प्रदेशको अर्थतन्त्रको विकास गर्न प्रादेशिक औद्योगिक क्षेत्र र एक जिल्ला एक उद्योग ग्राम स्थापनाको लागि विस्तृत आयोजना प्रतिवेदन तयार भएका उद्योग ग्रामहरुमा आवश्यक पूर्वाधार निर्माण गरिने भनिएको छ ।

तर, अर्थतन्त्रको ठुलो हिस्सा ओगट्ने औद्योगिक क्षेत्रका लागि नै बजेट तोकिएको छैन ।

Next Post

मकैमा घोगा नलागेपछि जाजरकोटका किसान मर्कामा

२८ श्रावण २०७८, बिहीबार २०:०२
  कृष्ण शर्मा सुर्खेत – मकैमा घोगा नलागेपछि जाजरकोटका किसान मर्कामा परेका छन । राम्रो उत्पादन गरेर मनग्य आम्दानी गर्ने उद्देश्य लिएर देउती मकैको बिउ रोपेका भेरी नगरपालिका– २ का स्थानीयहरू मकैमा घोगा नलागेपछि मर्कामा परेका छन् । कृषि विकास कार्यालयको अनुदानमा लगाएको मकैबालीमा घोगा नलाग्दा कृषकहरू पीडित भएको बताएका […]