जेल सजाय भोगिरहेका १४ नेपालीलाई कतार सरकारले दियो आममाफी

कर्णाली दृष्टि संवादाता २१ बैशाख २०७८, मंगलवार १७:४६

काठमाडौं : कतार सरकारले जेल सजाय भोगिरहेका १४ नेपालीलाई आममाफी दिएको छ ।रमदान वर्षको अवसरमा कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

आममाफी पाएका नेपाली नागरिकको स्वदेश फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय तथा सहजीकरण गर्ने दूतावासको भनाइ छ ।

कोरोना सङ्क्रमणलाई समेत मध्ये नजर गर्दै कतारमा जेल जीवन बिताइरहेका नेपालीहरूको रिहाइका लागि विभिन्न समयमा कतार सरकार समक्ष दूतावासले अनुरोध गर्दै आएको जनाएको छ ।

Next Post

नवनारी मासिककी सम्पादक जानुका ढकाल  उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा  नियुक्त

२१ बैशाख २०७८, मंगलवार १७:४६
काठमाडौं :उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा नवनारी मासिक पत्रिकाकी सम्पादक जानुका ढकाल नियुक्त भएकी छिन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले ढकाललाई विकास आयुक्त नियुक्त गरेको हो । शहरी विकास मन्त्रालयबाट उनले नियुक्तिपत्र बुझेकी छिन् । विकास आयुक्तका लागि चैत १२ गते सरकारले दरखास्त मागेको थियो । जसमा ८ जनाले दरखास्त […]