त्रिदेशीय फुटबल आजदेखि :नेपालको कप्तानी किरण चेम्जोङले गर्ने

त्रिदेशीय लिगको फाइनल खेल चैत १६ गते हुने

कर्णाली दृष्टि संवादाता १० चैत्र २०७७, मंगलवार ०७:०६

काठमाडौ :आजदेखि त्रिदेशीय फुटबल प्रतियोगिता हुँदैछ ।पहिलो खेलमा आज बंगलादेश र किर्गिस्तानले खेल्दैछन् । प्रतियोगितामा नेपालका लागि गोलकिपर किरण चेम्जोङले कप्तानी गर्ने भएका छन् ।

नेपाली टोलीको तयारी राम्रो भएकाले नतिजा पनि सुखद नै आउने अपेक्षा गरिएको राष्ट्रिय टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनको भनाइ छ । नेपाली टोलीमा चोटको समस्या नरहेको र लामो समयदेखिको अभ्यासका कारण राम्रो प्रदर्शनको अपेक्षा गर्न सकिने महर्जनले बताएका छन् ।

उपकप्तान रोहित चन्दले घरेलु मैदानमा हुने खेललाई लिएर आफू उत्साहित रहेको बताएका छन् । नेपालले आफ्नो पहिलो खेल १२ गते बिहीवार किर्गिस्तानसँग खेल्नेछ । नेपालले दोश्रो खेल चैत १४ गते बंगलादेशसँग खेल्नेछ ।त्रिदेशीय लिगको फाइनल खेल चैत १६ गते हुनेछ ।

Next Post

सरकारद्धारा होटल, रेस्टुरेन्टलाई विद्युत् शुल्क मिनाहा

१० चैत्र २०७७, मंगलवार ०७:०६
काठमाडौं :सरकारले होटल तथा रेस्टुरेन्टलाई कोरोनाकालको विद्युतको डिमान्ड शुल्क मिनाहा गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यससम्बन्धी मन्त्रिपरिषद्को फागुन २० गतेको निर्णय सार्वजनिक गरेका हुन्। कोभिड–१९ बाट अति प्रभावितको सूचीमा रहेका होटल तथा रेस्टुरेन्टलाई विद्युत् खपत गरे पनि नगरे पनि तिर्नुपर्ने न्यूनतम शुल्क मिनाहा तथा […]