कर्णाली प्रदेशका मुख्यमन्त्रीद्वारा राजिनामा

कर्णालीदृष्टि १५ कार्तिक २०७८, सोमबार १९:५८

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनुभएकाे छ । उहाँले आज सोमवार प्रदेशवासीका नाममा सम्बाेधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकाे हाे । 

गएको वैशाख २ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा माओवादी र कांग्रेसले सरकार आलोपालो चलाउने सहमति गरेका थिए । त्यहीअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिनुभएकाे हाे ।

त्यतिबेला नेपाली कांग्रेस र अहिले सरकार चलाइरहेकाे नेकपा माओवादी केन्द्रबीच प्रदेशमा सरकार पालैपालाे चलाउने सहमति भएको थियो। माओवादीले बढीमा कात्तिक १५ गतेसम्म सरकार चलाउने र त्यसपछि कांग्रेसले नेतृत्व लिने सहमति भएको थियो।

त्यही सहमतिअनुसार अब कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्नु हुनेछ ।

Next Post

कर्णालीका मुख्यमन्त्री शाहीकोे राजिनामा स्वीकृत

१५ कार्तिक २०७८, सोमबार १९:५८
सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजिनामा स्वीकृत भएको छ । काँग्रेससँगको सहमतिअनुसार नयाँ आलोपलो सरकार सञ्चालन गर्नका लागि मुख्यमन्त्री शाहीले सोमबार राजिनामा दिनु भएको हो । शाहीको राजिनामा प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले स्वीकृत गर्नुभएको छ । संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम सोमबार शाहीले […]