सुन्तलामा सिट्रस ग्रिनिङ्ग रोग लागेपछि सल्यानका किसान चिन्तित

कर्णालीदृष्टी संवाददाता ६ फाल्गुन २०७८, शुक्रबार ०७:१५

सल्यान । सल्यानमा सुन्तलाका बोट पहेंलो हुँदै सुक्न थालेपछि सिट्रस ग्रिनिङ रोग लागेको जानकारी गराइएको छ । थोरै लगानीमा गर्न सकिने सजिलो खेती र राम्रो आम्दानी हुने भएकाले त्यहाँका किसानले अन्नबाली लगाउन छाडेर सुन्तला खेती गर्दैआएको भए पनि सुन्तलामा रोग देखिएपछि किसान चिन्तित भएका छन् ।

वागचौर नगरपालिका ८ का किसान भरतनाथ योगीले सिट्रस ग्रिनिङ्ग रोग र रासायनिक मल तथा विषादीको प्रयोग गर्न नजान्दा सुन्तलाका बोट नै सुक्न थालेको बताउनुभयो ।

उहाँकाअनुसार एक हजारभन्दा बढी सुन्तलाको बोट लगाएका योगीले रोगका कारण एक सय बढी बोट मरेका छन् । कोटमौला क्षेत्रका २ सय ५० किसानले ब्यवसायिक सुन्तलाखेती गरेका छन् । सुन्तला वगैचामा सिट्रस ग्रिनिङ्ग रोग देखापरेको छ ।

किसान अंगेश्वर डाँगीले रोग छिटो फैलिने हुँदा उत्पादन यो वर्ष सुन्तला उत्पादनमा समेत कमीआएको बताउनुभयो । उहाँकाअनुसार यसअघिका वर्ष कोटमौलाक्षेत्रबाट २० करोड वढीको सुन्तला जिल्ला वाहिर निकासी भएपनि यो वर्ष १४ करोड रुपियाँ वरावरको निर्यात भएको छ ।

जिल्लामा नौ सय किसानले १ हजार ५ सय हेक्टर बढीमा व्यवसायिक सुन्तला खेती गर्दै आइरहेका छन् । रोगकै कारण गत वर्षको तुलनामा यो वर्ष झन्डै ३३ प्रतिशतले उत्पादन घटेको कार्यालयको तथ्याङ्क छ ।

कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारीले गत वर्ष ७ हजार ४ सय ८३ मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष ६ हजार ८ सय ८५ मेट्रिक टन मात्र सुन्तला उत्पादन भएको बताउनुभयो ।

जिल्लाका बागचौर, शारदा नगरपालिका, छत्रेश्वरी, सिद्ध कुमाख, कपुरकोट गाउँपालिकालगायत स्थानलाई सुन्तला पकेट क्षेत्र मानिन्छ ।

Next Post

पत्रकारलाई सेवामुखि हुन कानुन मन्त्रि शाहिको सुझाव

६ फाल्गुन २०७८, शुक्रबार ०७:१५
सुर्खेत –कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले पत्रकारहरु लाई सेवामुखी हुन आग्रह गर्नुभएको छ । वी इनस्पाएर नेपालको आयोजनामा भएको दुई दिने मिडिया साक्षात्कार तालिमको समापन कार्यक्रममा बोल्दै मन्त्री शाहीले संचार क्षेत्रमा काम गर्ने पत्रकार र संचरकर्मीहरुले निजि स्वार्थ र दलिय स्वार्थबाट टाढा रहेर सत्य […]