
काठमाडौँ :देशभर पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरीएको पीसीआर परीक्षणबाट ४ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ ।२४ घण्टामा ८ सय ८८ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ८० हजार १ सय ६७ पुगेको छ ।२४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ ।
हालसम्म पीसीआर परीक्षण २४ लाख ५८ हजार ५ सय ६५ पुगेको छ । आइसोलेसनमा ३४ हजार १ सय १७ र क्वारेन्टाइनमा ५९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


