अनेरास्ववियूद्धारा दैलेखमा प्रर्दशन ।।

कर्णालीदृष्टी संवाददाता १५ माघ २०७८, शनिबार ०७:२८

दैलेख । पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता र स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने लगाएतका माग गर्दै अनेरास्ववियू दैलेखले प्रर्दशन गरेको छ ।

सदरमुकाम दैलेखमा अनेरास्ववियू जिल्ला कमीटि दैलेखले देशको सिमा मिचिदा समेत सरकार मौन बस्नू, सिटामोलको हाहाकार हुनू, २४ लाख खोप गाएब हुनू जस्ता कुराहरुमा सरकारले चासो नदेखाएको भन्दै त्यसको बिरोधमा प्रर्दशन गरेको हो ।

प्रर्दशनका क्रममा सरकार कहाँ हरायो ? टर्च लगाएर सरकार खोज्न उठौँ भन्दै अनेरास्ववियुले सांकेतिक आन्दोलन गरेको हो ।

अनेरास्ववियुले भारतले नेपालको भूमि मिचेको सन्दर्भमा सरकारको जवाफ नेपाली जनतालाई चाहिने भन्दै मिचिएको भूमि फिर्ता हुनुपर्ने माग समेत गरेको छ ।

सदरमुकाममा गरिएको प्रर्दशनपछि अनेरास्ववियु स्थायी कमिटि सदस्य नविन योगीले सम्बोधन गर्दै गठबन्धन सरकारले जनतालाई राहत नभई आहात दिएको बताउनुभयो ।

अनेरास्ववियु कर्णाली प्रदेश सह–ईन्चार्ज समेत रहेका योगीले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतले एकपक्षीय सडक निर्माण कार्य गरिरहँदा समेत सरकारको मौनता गम्भिर प्रश्न जन्माएको बताउनुभयो ।

उहाले नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग समेत गर्दै वर्तमान सरकार नसुध्रिए अनेरास्ववियुले थप रचनात्मक आन्दोलन अगाडी बढाउने समेत चेतावनी दिनुभयो ।

Next Post

कर्मचारीलाई अभद्र व्यवहार गर्ने ६ जना पक्राउ

१५ माघ २०७८, शनिबार ०७:२८
दैलेख । कर्मचारीलाई अभद्र व्यवहार गरेको कसूरमा दैलेख प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । माघ १३ गते दुल्लु नगरपालिका वडा नं. ९ को वडा कार्यालयमा कार्यरत वडा सचिव रत्ना कुमारी गिरी र सामाजिक परिचालक भगवती न्यौपानेलाई अभद्र व्यवहार गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय […]

सम्बन्धित समाचार