महामारी मत्थर भएपछि रारामा बढ्न थाले पर्यटक

कर्णालीदृष्टी संवाददाता २३ फाल्गुन २०७८, सोमबार ०७:५७

मुगु — पर्यटकीय गन्तव्य रारामा आन्तरिक पर्यटकहरू आउने क्रम बढ्न थालेको छ । फागुन महिनाको सुरुआतसँगै रारामा आन्तरिक पर्यटकहरूको चहलपहल बढेको हो ।

कोरोना महामारीले सुनसान बन्दै गएको रारा महामारी मत्थर बन्दै गएपछि रारा घुम्ने पर्यटकको संख्या पनि बढ्न थालेको रारा राष्टिय निकुञ्जको कार्यालयले जनाएको छ ।

केही सातादेखि दैनिक ३० देखि ४० जना आन्तरिक पर्यटक रारा भ्रमण गर्न आउन थालेको निकुञ्ज संरक्षण अधिकृत बद्री बिनोद दाहालले बताउनुभयो ।

गत पुसदेखि नै सुनसान बनेको रारा फागुन लागेपछि चहलपहल बढेको उहाको भनाइ छ ।पर्यटकको आगमन कम हुँदा लामो समयदेखि कामविहीन बनेका राराका होटल व्यवसायी आन्तरिक पर्यटक आउन थालेपछि उत्साही बनेका छन् ।

कोही पर्यटक कर्णाली राजमार्ग भएर रारा आउने गरेका छन् भने कोही काठमाडौं, नेपालगञ्ज हुँदै हवाई यात्राबाट रारा आउने गरेको निकुञ्जका कर्मचारीहरू बताउँछन् ।

रारामा पर्यटकको संख्या बढ्न थालेपछि राजश्वसमेत वृद्धि हुने र होटल व्यवसाय राम्रो हुने आसा पलाएको स्थानीय व्यवसायीहरू बताउँछन् । मुर्मा, कोटिला, झयारी गाउँका घोडा व्यवसायीले भने पर्यटकको भारी बोक्ने तथा पर्यटकलाई बोक्ने काम पाउने गरेको बताएका छन् ।

यससँगै रारा घुम्ने पर्यटकका लागि विभिन्न व्यवसायीले काठमाडौं, नेपालगञ्जदेखि हवाई सेवा र सतही मार्गबाट जिपको सुविधा पनि प्रदान गरेका छन् ।

कोरोना महामारी न्यून भएसँगै रारामा पर्यटकको संख्या वृद्धि गराउन आफूहरूले हवाई सेवा तथा जिप सेवा प्रदान गरेको व्यवसायी राजु कार्कीले बताउनुभयो । #कान्तीपूरबाट

Next Post

माओवादीमा पदाधिकारी चयन र जिम्मेवारी बाँडफाँटमा अझै समस्या

२३ फाल्गुन २०७८, सोमबार ०७:५७
काठमाण्डौ । पदाधिकारी चयन र जिम्मेवारी बाँडफाँटमा विवाद भएपछि स्थगित भएको माओवादी केन्द्रीय समिति बैठक आज बस्दैछ । आन्तरिक गृहकार्य नपुगेको भन्दै हिजोको बैठक आजसम्मको लागि स्थगित गरिएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक स्थगित गरेर विभिन्न विषयमा सहमति जुटाउने प्रयास गरिरहे पनि सहमति भइसकेको छैन । गएको […]