दैलेख नौमुलेको अध्यक्षमा माओवादीका सुवेदी विजयी

कर्णालीदृष्टी संवाददाता १ जेष्ठ २०७९, आईतवार १६:३५

दैलेख । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदी विजयी भएका छन । माओवादी केन्द्रका उम्मेदवार सुवेदी निवर्तमान गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन ।

सुवेदीले ३ हजार २०० मत ल्याए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले २ हजार ५४४ मत प्राप्त गरे । नेकपा एमालेका शशिराम विकले १ हजार ९२० मत प्राप्त गरेका छन ।

उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार गगनबहादुर शाही विजयी भएका छन । उनले २ हजार ८३४ मत प्राप्त गरेका छन् । कांग्रेसको तर्फबाट उपाध्यक्ष अमृता सिंहले २ हजार ४०५ मत प्राप्त गरेकी छन्, नेकपा एमालेका रिता चन्दले १ हजार ९१८ मत प्राप्त गरेकी छिन ।

उपाध्यक्ष पदमा विजयी शाही नेपाली काँग्रेसको गाउँपालिका सभापति पद छोडेर एकीकृत समाजवादीबाट गाउँपालिका उपाध्यक्ष पदमा उठेका थिए ।

नौमुलेमा कांग्रेस र नेकपा एमाले एक्ला एक्लै निर्वाचनमा होमिएका थिए भने माओवादी केन्द्र, र एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट असन्तुष्ट गंगबहादुर शाहीको गठबन्धन थियो ।

Next Post

दैलेखको भैरबी गाउँपालिकामा नेपाली काँग्रेस विजयी

१ जेष्ठ २०७९, आईतवार १६:३५
दैलेख । दैलेखको भैरबी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपालि कांग्रेसका उम्मेदवार बिजयी भएका छन । गाउँपालिकाको अध्यक्षमा रिता शाही र उपाध्यक्षमा देवी भण्डारी निर्वाचित भएसंगै पालिकाको दुवै मुख्य पदमा महिला उम्मेदार बिजयी भएका छन । भैरवी गाउपालिकाको अध्यक्षमा नेपालि कांग्रेसकी रिता शाही ३ हजार ९ सय ७६ मत […]