सल्यानमा ई–पासपोर्टको आवेदन संकलन सुरू

कर्णालीदृष्टी संवाददाता ३ चैत्र २०७८, बिहीबार ०७:२८

सल्यान । जिल्ला प्रशासन कार्यालय सल्यानले विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि आवेदन संकलन सुरु गरेको छ । गत मंसिर १ गतेदेखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को आवेदन संकलन स्थगित गरिएपछि राहादानीको आवेदन लिइएको थिएन ।

ई–पासपोर्टका लागि जैविक वितरणसहितको फारक संकलन सुरू गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । कपुरकोट गाउँपालिका–५ की भिमा डाँगीको ई–पासपोर्टका लागि जैविक विवरण भरेर आवेदन लिन सुरू गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनुभयो ।

नयाँ प्रविधि भएको हुँदा पहिलेको भन्दा त्रुटिरहित सेवा यसबाट प्रदान हुने उहाको भनाइ छ । ई–पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य छ ।

आवेदन दिएको २० देखि ३० दिनभित्रमा ई–पासपोर्ट उपलब्ध हुने कार्यालयले जनाएको छ । जैविक वितरण जिल्ला प्रशासन कार्यालयमा आई भर्नुपर्ने छ भने अन्य विवरण फाराममार्फत भर्न सकिने छ ।

Next Post

आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाईदै

३ चैत्र २०७८, बिहीबार ०७:२८
दैलेख । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एक–आपसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ […]

सम्बन्धित समाचार