म्यानमारकी नेतृ सुकी सेनाद्वारा गिरफ्तार

कर्णाली दृष्टि संवादाता १९ माघ २०७७, सोमबार ०८:१७

काठमाडौं :म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सेनाले हिरासतमा लिएको छ । यो जानकारी सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका प्रवक्ताले वक्तव्य जारी गर्दै जानकारी दिएका हुन् ।केही दिनयता जारी सरकार र सेनाबीचको तनाव र सत्ता पलटको आशंकाका बीच सुकीलाई सेनाले हिरासतमा लिएको बीबीसीले जनाएको छ ।
गत नोभेम्बर महिनामा भएको निर्वाचनमा सुकीको पार्टी भारी मतसहित विजयी भएको थियो । तर सेनाले चुनावी प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएको छ । सेनाले सोमबार तय भएको संसद बैठक पनि स्थगित गर्न आह्वान गरेको छ ।

बीबीसीका अनुसार म्यानमारको राजधानीसहितका मुख्य मुख्य शहरमा सैनिकको तैनाथी बढाइएको छ । राजधानीमा टेलिफोन र इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।सुकीले विश्व प्रतिष्ठित नोबेल शान्ति पुरस्कार पनि पाएकी छन् । उनी २०७५ साल मंसिर १३ गते काठमाडौं आएकी थिइन् ।

Next Post

कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

१९ माघ २०७७, सोमबार ०८:१७
काठमाडौःराष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । केही समस्या नदेखिए आज नतिजा सार्वजनिक हुने बोर्डले जनाएको छ । बोर्डले आज बिहान १० बजे बोर्ड बैठक बोलाएको छ । बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले केही समस्या नआए आज नतिजा सार्वजनिक गर्ने बताएकाछन । यसवर्ष […]