कर्णाली सरकारले कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने

कर्णाली दृष्टि संवादाता २० बैशाख २०७८, सोमबार १४:००


सुर्खेत :कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट मृत्यु हुनेका परिवारलाई राहत स्वरुप एक लाख रूपैयाँ दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणबाट मृत्यु भएमा मृतकका परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् ।विपद्को घडीमा नागरिकलाई राहत दिने हेतुले यस्तो निर्णय गरिएको हो,’ आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेकी केसीले भनिन् ।

Next Post

पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना :३७ जनाको मृत्यु

२० बैशाख २०७८, सोमबार १४:००
काठमाडौं : पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना […]