नेपाल बुद्धिजीवी संगठन भैरवी गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न

कर्णालीदृष्टी संवाददाता ५ मंसिर २०७८, आईतवार ०७:१९

दैलेख । नेपाल बुद्धिजीवी संगठन भैरवी गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । शनीबार भैरबीमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवंम नेपाल बुद्धिजीवी सङ्गठन दैलेखका अध्यक्ष कृष्ण देवकोटाले बुद्धिजीवी संगठन विचारको संगठन भएकाले समाज परिवर्तनको लागि प्रगतिशील विचार प्रवाह गर्ने भूमिका बुद्धिजीवीहरूको भएको बताउनु भएको छ ।

सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्र भैरवी गाउँपालिका अध्यक्ष गोपाल रिजालले आम जनताको जीवनसँग प्रत्यक्ष जोडिएर जनभावना अनुरूप व्यवहार गर्न सक्नेहरु मात्र वास्तविक बुद्धिजीवी हुन सक्ने बताउनुभयो ।

यस्तै नेपाल बुद्धिजीवी संगठन दैलेखका उपाध्यक्ष बखत भण्डारीले असल विचारबाट मात्र असल व्यवहार निर्माण हुने बताउनु भयो ।

सम्मेलनले हर्क थापाको अध्यक्षतामा १८ सदस्यीय गाउँपालिका समिति गठन गरेको छ नवनिर्वाचित समितिको उपाध्यक्षमा ज्ञानी जैशी, सचिवमा चन्द्र प्रसाद सापकोटा ,सहसचिवमा पूर्ण प्रसाद रिजाल र कोषाध्यक्षमा सावित्री भण्डारी चयन हुनुभएको छ ।

Next Post

दैैलेखमा कांग्रेसको प्रदेश अधिवेशन, दुई स्थानमा पौडेल र दूई स्थानमा देउवा पक्ष विजयी

५ मंसिर २०७८, आईतवार ०७:१९
दैलेख । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दैलेखका चारवटै प्रदेश सभामा भएको निर्वाचनको अन्तीम परिणाम सार्वजनीक भएको छ । जसअनुसार जिल्लाका ४ प्रदेश सभा मध्ये २ क्षेत्रमा पौडेल र २ क्षेत्रमा देउवा पक्षका उम्मेद्वारहरु बिजयी भएका छन । तिन क्षेत्रको यसअघीनै परिणम आएको र आन्तरीक विवादका कारण मतगण्ना हुन […]