राष्ट्रियसभा सदस्यमा बादल र देवकोटाको उम्मेदवारी दर्ता

कर्णाली दृष्टि संवादाता २४ बैशाख २०७८, शुक्रबार १२:५२

 


काठमाडौं :वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मदेवारी परेको छ ।

वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् ।स्वतन्त्र उम्मेदवार देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नोपल समूहको समर्थन रहेको छ ।

 

Next Post

पर्वतमा मलामी बोकेको जीप दुर्घटना हुँदा १७ जना घाइते

२४ बैशाख २०७८, शुक्रबार १२:५२
पर्वत :पर्वतमा मलामी बोकेको जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।ग २ च ५२१३ नम्बरको जीप कुश्मा नगरपालिका १० सिमखेतमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् । घाइतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये अमन परियार र माने परियारलाई थप उपचारका लागि पोखरा पठाउने तयारी […]

सम्बन्धित समाचार