हुम्ला जिल्ला साक्षर घोषणा 

कर्णालीदृष्टि संवाददाता ११ जेष्ठ २०८२, शनिबार १९:२३

हुम्ला जिल्ला साक्षर घोषणा भएको छ ।

‘साक्षरता हाम्रो गौरव,साक्षर जिल्ला हाम्रो उपब्धी’ भन्ने नाराका साथ साक्षर हुम्ला जिल्ला घोषणा भएको हो। ०७६ राष्ट्रिय मापदण्डअनुसार देशको ६७ औ साक्षर जिल्ला हुम्ला घोषणा गरिएको हो।

१५ देखि ६० उमेरका नागरिकहरूको साक्षरता ९७ दशमलव ०४ प्रतिशत मापदण्ड पूरा भएपछि देशको ६७ औ र कर्णाली प्रदेशको ८ औ जिल्ला हुम्ला घोषणा भएको शिक्षा विकास तथा समन्वय इकाई हुम्लाका कार्यालय प्रमुख योगेश आले मगरले जानकारी दिए ।

सात वटै गाउँपालिका साक्षर गाउँपालिका घोषणा भएसँगै हुम्ला पनि साक्षर जिल्ला घोषणा भएको प्रमुख आले मगरले बताए । १५ वर्षमाथी जिल्लाको ३५” हजार ३५४ मध्ये ३३ हजार ९५४ जनसङ्ख्या साक्षर भएको आले मगरको भनाई छ।

जनसङ्ख्या १४ सय ४० नागरिक निरक्षर रहेका छन्। कर्णाली प्रदेशको ८ औ जिल्ला हुम्ला साक्षर जिल्ला घोषणा भइसकेका छन् । भने कर्णाली प्रदेशका कालिकोट, र डोल्पा साक्षर जिल्ला घोषणा हुन बाँकी छन्।

Next Post

वृद्धभत्ता पाउने न्यूनतम उमेर ७० वर्ष पु¥याउने कार्ययोजना स्वीकृत, राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने

११ जेष्ठ २०८२, शनिबार १९:२३
काठमाण्डौ । सरकारले वृद्धभत्ता पाउने न्यूनतम उमेर बढाउने कार्ययोजनालाई स्वीकृत गरेको छ ।, पूर्व सचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनअनुसार वृद्धभत्ता पाउने उमेर ७० वर्ष पु¥याउने र भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने कार्ययोजनालाई अघिल्लो महिना वैशाख पहिलो हप्ता बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । त्यसअनुसार […]