मंगलबार देखी माघ १५ गतेसम्म विद्यालय बन्द

कर्णालीदृष्टी संवाददाता २६ पुष २०७८, सोमबार १७:३८

काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिसका आधारमा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । ‘हालैका दिनमा कोभिड–१९ को सङ्क्रमण तीव्ररूपमा फैलिनाका साथै ओमिक्रोन भेरियन्टको सङक्रमणसमेत बढ्न थालेकाले विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा बचावटका लागि विशेष ध्यान दिँदै देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयको वार्षिक बिदामा मिलान हुने गरी यही पुस २७ गतेदेखि २०७८ माघ १५ सम्म बिदा दिने निर्णय गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले बिदाको त्यस अवधिमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै पालिकामा रहेको स्वास्थ्य चौकीमार्फत खोप लगाउने कार्यक्रम रहेकाले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोप लगाउने कार्यमा आफ्ना बालबालिकालाई पठाउन पनि अभिभावकमा अनुरोध गरेको छ ।

बिदाको अवधिमा विद्यालयले सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्थाअनुसार विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउन पनि आग्रह गरिएको छ ।

मन्त्रालयले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानले पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षाका कार्यक्रम जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पूर्णरूपमा पालना हुने गरी अङ्ग्रेजी अक्षरको जेड आकारमा बसाइ व्यवस्था गरी सञ्चालन गर्नसमेत सुझाएको छ ।

Next Post

एमाले दैलेखको अध्यक्षका लागी शर्मा र शाही बिच प्रतिस्पर्धा हुने : उपाध्यक्षमा बस्नेत निर्बीरोध

२६ पुष २०७८, सोमबार १७:३८
दैलेख । नेकपा एमाले दैलेखको अध्यक्षका लागी रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाहीबिच प्रतिस्पर्धा हुने भएको छ । पार्टीको जारी सातौ जिल्ला अधिबेशनमा यसअघि छैटौँ जिल्ला अधिवेशनबाट अध्यक्ष बनेका शर्मा र जिल्ला विकास समितिका पूर्व उपसभापति शाहीबीच अध्यक्ष पदमा निर्वाचन हुने भएको हो । शर्मा प्रतिनिधिसभा सदस्य समेत हुनुहुन्छ भने शाही […]

सम्बन्धित समाचार