कर्णालीमा ५०३ परीक्षणमा ३८१ जना संक्रमित

कर्णाली दृष्टि संवादाता २४ बैशाख २०७८, शुक्रबार २०:३०

सुर्खेत :शुक्रबार कर्णाली प्रदेशमा ३८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५०३ जनामा गरिएको पीसीआर परीक्षणमा ३८१ जनामा संक्रमण पुष्टि भएको हो ।अहिले कर्णालीका सबै जिल्लामा निषेधाज्ञा जारी छ । तर, निषेधाज्ञाको अवधिमा पनि संक्रमण दर उच्च देखिएको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो एक सातायता मात्र प्रदेशमा दुई हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ । अहिले सबैभन्दा बढी संक्रमित सुर्खेतमा छन् । दैलेख, सल्यान, जाजरकोट र रुकुम–पश्चिममा पनि संक्रमितको संख्या धेरै छ । शुक्रबारसम्म प्रदेशभर ३२ सय ४७ सक्रिय संक्रमित छन् । तीमध्ये सुर्खेतका मात्रै १७ सय ९६ जना रहेका छन् ।

शुक्रबार सुर्खेतमा थप २७३ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । प्रदेश अस्पतालमा हालसम्म ८२ जना कोरोनाका संक्रमित उपचाररत रहेको अस्पतालका कोरोना फोकल पर्सन डा.केएन पौडेलले जानकारी दिए । जसमध्ये १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्ला दिनहरूमा कोराना संक्रमितमा गम्भीर प्रकृतिका लक्षणहरू देखिन थालेको उनी बताउँछन् । सिकिस्त बिरामीहरूको संख्या बढ्दै जाँदा अस्पतालहरूमा उपचार व्यवस्थापनमा समेत समस्या देखिने गरेको छ ।

Next Post

पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण :८८ जनाको मृत्यु

२४ बैशाख २०७८, शुक्रबार २०:३०
काठमाडौं :पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु […]