कानुन कार्यान्वयनमा कन्जुस्याई गर्दैनौ : डिएसपी साह

कर्णालीदृष्टी संवाददाता १८ पुष २०७८, आईतवार १८:५८

दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डीएसपी) भुबनेश्वर प्रसाद शाहाले कानुन कार्यान्वयनमा कुनैपनि कन्ज्यूस्याई नगर्ने बताउनुभएको छ ।

आईतबार रेडीयो ध्रुबतारा एफएमको कार्यक्रम सवाल जनता र जनप्रतिनीधीमा कुराकानी गर्दै डीएसपी शाहले जिल्ला प्रहरी कार्यालय दैलेखले अपराध गर्ने व्यक्तीहरुलाई कडा कारबाही गर्ने, समयमै पक्राउ गर्ने जस्ता नितीलाई अगाढी बढाएको पनि बताउनुभयो ।

समग्र जिल्लाको शान्ती सुरक्षा कायम गर्नु नै प्रहरीको महत्वपुर्ण भुमीका रहेको साहको भनाई छ ।

जिल्लामा हुने अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने प्रमुख दायीत्व नै प्रहरीको रहेको उल्लेख गर्दै डिएसपी शाहले जिल्लाका लागी सकरात्मक र आम नागरीकलाई सहज होस भन्ने दृष्टीकोणले प्रहरी लागीरहेको बताउनुभयो ।

आफू जिल्लामा आएदेखी अहिलेसम्मको क्रियाकलापलार्ई हेर्दा सन्तोषजनक अवस्था नै रहेको दावी गर्दै उहाले नागरीकलाई शान्ती सुरक्षाको अनुभुती गराउन जिल्ला प्रहरी कार्यालय प्रतिबद्ध भएर निरन्तर लागीरहेको जानकारी दिनुभयो ।

डिएसपी शाहले कुनै पनि कुरामा सफलता प्राप्त गर्नका लागी एउटा व्यक्तीमात्र नभई सम्पुर्ण टिम नै लागीपर्नु आवश्यक रहेको बताउदै जिल्ला प्रहरी कार्यालयले पनि सम्बद्ध सबै सरोकारवालाहरुसंग सहकार्य गरेर नागरीकको सुरक्षाका लागी काम गरीरहेको बताउनुभयो ।

Next Post

माओवादी केन्द्र को आठौँ राष्ट्रिय महाधिवेशन : दुई सय ३६ केन्द्रीय कमिटी सदस्य चयन गर्दै सकियो

१८ पुष २०७८, आईतवार १८:५८
काठमाण्डौ – दुई सय ३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन सकिएको छ । गएको पुस ११ गतेदेखि सुरु भएको माओवादी केन्द्रको आठौँ महाधिवेशन आइतवार सकिएको हो । महाधिवेशनले दई सय ३६ जना केन्द्रीय सदस्य चयन गरेको नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । […]