सुर्खेतमा बन्द गराउँदै हिँडेका दुई जना पक्राउ

कर्णालीदृष्टी संवाददाता ३० कार्तिक २०७८, मंगलवार १६:२९

सुर्खेत । सुर्खेतमा बन्द गराउँदै हिँडेका दुई जना पक्राउ परेका छन् । वीरेन्द्रनगर बजार बन्द गराउँदै हिँडेका दुईजना विप्लवका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तीले कालीकोटको सान्नी त्रिवेणीका ३० वर्षीय तुलाराज तिरूवा र वीरेन्द्रनगर–२ का २० वर्षीय दिनेश बोगटीलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

उनीहरूलाई धुलियाबिटबाट नियन्त्रणमा लिएएको प्रहरीले जनाएको छ । आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पेट्रोलिय पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै नेपाल बन्द आह्वान गरेको छ ।

सुर्खेतमा बन्दको प्रभावले यात्रुले सास्ती भोगेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगर विहानै सुनसान छ । मुख्यबजार क्षेत्रका पसल, बैंक तथा वित्तीय संस्थाहरूसमेत बन्द छन् ।

Next Post

जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परी एक महिलाको मृत्यु

३० कार्तिक २०७८, मंगलवार १६:२९
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका १० भुरचौरदेखि स्थानीय फेराखोलातर्फ जाँदै गरेको भे १ त ८२१५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मंगलबार एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्। भेरी नगरपालिका १० भुरचौरकी २७ वर्षीया गीता बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकी उनलाई उपचारका लागि […]