काँग्रेसका नेता राजीव शाहको विशेष सहयोगमा जाजरकोटमा निःशुल्क एम्बुलेन्स सेवा शुरु

कर्णाली दृष्टि संवाददाता २९ बैशाख २०७८, बुधबार १२:१३

जाजरकोट ।  नेपाली काँग्रेसका युवा नेता राजीव शाहको विशेष सहयोगमा जाजरकोट जिल्ला अस्पतालमा निःशुल्क एम्बुलेन्स सेवा सोमबारदेखि शुरु भएको छ । भेरी नगरपालिका वडा नं ४ जाजरकोटका वडाध्यक्ष खम्बजंङ्ग शाहको समन्वयमा पुर्ब सभासद राजीब बिक्रम शाहको सक्रियताबाट एम्बुलेन्स सोमबार नै जाजरकोट खलंगामा संचालनमा आएको छ ।

जिल्ला अस्पताल जाजरकोटबाट रिफर गरेका बिरामिलाई उक्त एम्बुलेन्सबाट सुर्खेतदेखि नेपालगन्जसम्म निःशुल्क आवतजावत गर्ने बताइएको छ । जाजरकोटका विभिन्न स्थानमा विरामीहरुको सेवा दिन एम्बुलेन्सले सहयोग पुग्ने नेता शाहले बताए । कुमारी ट्रष्टका अध्यक्ष रहेका उनले जाजरकोटमा ट्रष्टको माधयमबाट समाज सेवा गर्दै आएका हुन ।

 

Next Post

कर्णाली मन्त्रिपरिषदमा दुई जना मन्त्री थपिँदै

२९ बैशाख २०७८, बुधबार १२:१३
सुर्खेत । कर्णाली मन्त्रिपरिषदमा दुई जना मन्त्री थपिने भएका छन् ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतका विन्दमान विष्ट र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्री नियुक्तिका लागि सिफारिस गरेका छन् । मन्त्रीहरुको बुधबार नै सपथ हुने स्रोतको भनाइ छ । स्रोतका अनुसार विष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा […]