कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या विश्वभर १२ लाख नाघ्यो।

कर्णाली दृष्टि संवाददाता १७ कार्तिक २०७७, सोमबार १२:५५

काठमाडौं ।  विश्वभर कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या १२ लाख नाघेको छ ।

जोन्स हप्किन्सि युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर १२ लाख ३१० जनाको कोरोनाबाट मृत्यु भएको छ ।

अमेरिकामा सबैभन्दा धेरै दुई लाख ३० हजारभन्दा धेरैको मृत्यु भएको छ भने ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजार नाघेको छ ।

त्यस्तै भारतमा एक लाख २२ हजारभन्दा धेरैको मृत्यु हुँदा मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ हजार नाघेको छ ।

त्यस्तै विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या पनि चार करोड ६५ लाख ५७ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित देखिने मुलुकको सूचीमा सबैभन्दा अगाडि रहेको अमेरिकामा संक्रमित संख्या ९२ लाख नाघेको छ ।

भारतमा ८२ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् भने ब्राजिलमा संक्रमित संख्या ५५ लाख नाघेको छ ।

त्यस्तै रुसमा पनि कोरोना संक्रमितको संख्या १६ लाख नाघेको छ । फ्रान्समा १४ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।

अहिलेसम्म विश्वभर तीन करोड १० लाखभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

 

Next Post

कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार नाघ्यो ।

१७ कार्तिक २०७७, सोमबार १२:५५
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये १८७८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १५७० जना, ललितपुरका १८९ जना र भक्तपुरका ११९ जना […]