नारायण बहुमुखी क्याम्पसको नया भवनको शिलान्यास ।।

खगेन्द्र राना मगर १० कार्तिक २०७८, बुधबार १६:३६

दैलेख । नारायण बहुमुखी क्याम्पस दैलेखको नया भवनको शिलान्यास गरिएको छ । क्याम्पसमा आज आयोजित एक कार्यक्रमका बिच मध्यपश्चिमाञ्चल बिस्वबिद्यालयका सिनेट सदस्य एवंम नारायण नगरपालीका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले भवनको शिल्यान्यास गर्नुभएको हो ।

बिश्वविद्यालय अनुदान आयोग तथा मध्यपश्चिम बिश्वबिद्यालयबाट प्राप्त अनुदानबाट कुल रकम ८० लाख मध्ये टेन्डर आह्वान भई बोलकवुल भएको रकम ४८ लाख ८८ हजार ५ सय ८८ रुपैया ५३ पैसामा उक्त भवन निर्माण हुन लागेको नारायण बहुमखी क्याम्पस खरीद समितीका संयोजक नरसिङ बहादुर थापाले जानकारी दिनुभयो ।

उहाका अनुसार नया भवनको आगामी असार मसान्तसम्म निर्माण कार्य सक्ने गरी आरजे कन्ट्रक्सन नारायण नगरपालीका १ दैलेखले जिम्मा लिएको छ ।

नारायण नगरपालीका दैलखका नगर प्रमुख रत्न बहादुर खड्काको प्रमुख आतीथ्यता तथा नारायण बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नर बहादुर शाहीको अध्यक्षमा भएको थियो ।

कार्यक्रममा जिल्लास्थित पत्रकार, नारायण बहुमुखी क्याम्पस पुर्व सञ्चालक समितीका अध्यक्ष खड्ग बहादुर सिजापति तथा क्याम्पस परिवारको उपस्थिीती रहेको थियो ।

Next Post

रुकुमको सोती घटना वादी पक्षका १२ साक्षीको बकपत्र सकियो

१० कार्तिक २०७८, बुधबार १६:३६
रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ को सोती गाउँमा ६ जनाको ज्यान जाने गरी भएको घटनाका वादी पक्षको बुधबारदेखी अदालतमा बकपत्र सुरु भएको छ । मङ्गलवार दुवै पक्षका साक्षीहरूको हाजिर गरेर बकपत्र सुरु गरिएको थियो । रुकुम जिल्ला अदालतमा वादी पक्षका १२ जना साक्षीहरूको बकपत्रको कार्य सकिएको स्रेस्तेदार […]