दुलही पठाउन हिँडेको बस दुर्घटना, ३७ जना घाइते

कर्णाली दृष्टि संवादाता २९ फाल्गुन २०७७, शनिबार ०८:५५

काठमाडौं :बाँकेको राप्ती सोनारी गाउँपालिका-३ बैसामा बस दुर्घटना हँदा ३७ जना घाइते भएका छन । घाइते मध्य एकजनाको अवस्था गम्भीर रहेको छ ।ना३ख ९७५९ नम्बरको बस शुक्रबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस राप्ती सोनारीबाटै दाङको देउखुसी दुलही पुर्‍याउन हिँडेको थियो । दुर्घटनामा घाइते हुने सबै राप्ती सोनारीकै रहेको र उनीहरुको कोहोलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Next Post

माओवादी केन्द्रले आफ्ना मन्ञीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन

२९ फाल्गुन २०७७, शनिबार ०८:५५
काठमाडौं :नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ । पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् । […]

सम्बन्धित समाचार