केपी शर्मा ओली प्रधानमन्त्री पदमा पुनः नियुक्त,सपथ आज लिदै

कर्णाली दृष्टि संवाददाता ३१ बैशाख २०७८, शुक्रबार ०८:११

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा पुनः नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको बताइन् ।

प्रधानमन्त्री ओलीलाई शुक्रबार दिउँसो दुई बजे शपथ गराउने तयारी भइरहेको बताइएको छ । ओलीले बैशाख २७ गते संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः मन्त्री  पदमुक्त भएका हुन्  ।त्यसपछि  बहुमतको सरकार बनाउन राष्ट्रपतिले दिएको ३ दिनको समयमा कसैको पनि दाबी नपरेपछि ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन ।

Next Post

प्रेस पासको दुरुपयोग गरी लागुऔषध ओसारपसार , युवक पक्राउ

३१ बैशाख २०७८, शुक्रबार ०८:११
धनगढी :प्रहरीले प्रेस पासको दुरुपयोग गरी लागुऔषध ओसार पसार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। कञ्चनपुरमा निषेधाज्ञाका बेला प्रेस लेखेको ज्याकेट लगाएर लागुऔषध ओसारपसारमा संलग्न भएको भन्दै शुक्लाफाँटा नगरपालिकाका २५ वर्षीय नरेशप्रसाद जोशीलाई पक्राउ गरिएको हो । उनलाई शनिबार सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती टोलीले बेल्डाँडी गाउँपालिकाको […]