दैलेखको महाबुमा खानेपानीको मुहानमा विषादी

चक्र प्रसाद पोख्रेल १७ बैशाख २०७८, शुक्रबार ०७:३०

दैलेख :जिल्लाको महाबु गाउँपालिका वडा नम्बर-४,गैंडावाज बजार क्षेत्र भित्र संचालनमा आएको कालेखोला खानेपानीको मुहानमा बुधबार राती अज्ञात व्याक्तीद्धारा विषादी हालेको पाईएको छ ।
कुल ७५ घरधुरीले प्रयोग गर्दै आएको यस खानेपानीको मुहानमा कसले?किन ?विष हाल्यो भन्ने कुरा खुलेको छैन ।

उपभोक्त समितिका अध्यक्ष ससिराम जैसिले पानीको मुहानमा बुधबार राती अज्ञात ब्याक्तीले विषादी फालेको जनाए।उनी भन्छन विहिबार विहान पानी भर्ने क्रममा पानी संकास्पद आएको थाहा पाएर हामिले प्रहरीलाई जानकारी गरायौ पछी थाहा भयो कि पानीमा त विषादी हालिएको रहेछ ।

विषादी हालेको थाहा पाउने वितिकै स्थानियलाई पानीको प्रयोग नगर्न प्रहरीले स्थानियलार्ई अनुरोध गरेको थियो । हाल प्रहरी चौकी गैडावाजले विष हाल्ने व्याक्तीको तिव्र रुपमा खोजी कार्य गरिरहेको चौकीका प्रमुख कृष्णमान चौधरीले कर्णाली दृष्टि लाई जानकारी दिएका छन ।

Next Post

एक वर्षीया बालिकासहित सुदूरपश्चिममा चार संक्रमितको मृत्यु

१७ बैशाख २०७८, शुक्रबार ०७:३०
धनगढी :एक वर्षीया बालिकासहित सुदूरपश्चिममा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरु अछाम, कैलाली र कञ्चनपुरका छन् । अछामको बयलपाटा अस्पतालमा उपचाररत एक वर्षीया बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ६ दिन पहिले अभिभावकसँगै भारतबाट स्वदेश फर्किएकी अछामको कमलबजार नगरपालिका ७ की ती बालिकाको […]