पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जनामा कोरोना सङ्क्रमण, २१४ को मृत्यु

कर्णाली दृष्टि संवादाता ३ जेष्ठ २०७८, सोमबार १७:४०

काठमाडौं :गएको २४ घण्टामा नेपालमा नौ हजार दुई सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २१ हजार ६ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा नौ हजार एक सय ९८ जना र चार सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ६४ हजार दुई सय १८ पुगेको छ ।

यस्तै कोरोना सङ्क्रमणबाट थप दुई सय १४ जनाको ज्यान गएको छ । यसअघिको प्राप्त विवरण र पछिल्लो २४ घण्टामा गरी दुई सय १४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार दुई सय १५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार सात सय ६७ जना निको भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ४५ हजार पाँच सय २३ पुगेको छ । अहिले नेपालमा एक लाख १३ हजार चार सय ८० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

Next Post

कर्णाली सरकारले दुर्गमका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने

३ जेष्ठ २०७८, सोमबार १७:४०
सुर्खेतःकर्णाली प्रदेश सरकारले दुर्गमका कोरोना संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भौगोलिकरुपमा विकट रहेको कर्णालीका दुर्गम क्षेत्रका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय गरेको हो । प्रदेशका डोल्पा, मुगु र हुम्लाका जटिल प्रकृतिका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं […]

सम्बन्धित समाचार