नेविसंघको महाधिवेशन गराउन दबाव

कर्णालीदृष्टी संवाददाता १८ माघ २०७८, मंगलवार ०७:०७

काठमाडौं । नेपाली काँग्रेसनिकट विद्यार्थीले पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन छिटो गर्न दबाव दिएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसका विद्यार्थीले नेविसंघको महाधिवेशन तत्काल गर्न नेताहरूलाई आग्रह गरेका हुन ।

उनीहरूले नेविसंघका पूर्वअध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरलाई पत्र बुझाउँदै छिटोभन्दा महाधिवेशनको निर्णय गर्न आग्रह गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य महरले भातृ संस्थाहरूको महाधिवेशन गराउन आफूहरूले पनि पदाधिकारीहरूलाई दबाव दिएको बताउनुभयो ।

Next Post

स्थानीय तहको चुनाव गर्न झन्डै १२ अर्ब रुपैयाँ खर्च हुन्छ : आयोग

१८ माघ २०७८, मंगलवार ०७:०७
काठमाण्डौ – निर्वाचन आयोगले स्थानीय तहको चुनाव गर्नका लागि तयार रहेको बताएको छ । मङ्गलवार प्रधामन्त्री शेरबहादुर देउवालाई भेटेर जेठ ४ गते स्थानीय तहको चुनाव गर्नका लागि मिति प्रस्ताव गरेको आयोगले विज्ञप्ति निकालेर चुनाव गर्न तयार रहेको बताएको हो । सामान्यतयाः चुनाव गर्न एक सय २० दिन तयारीका लागि आवश्यक […]