कलंकीबाट अष्टलक्ष्मी शाक्यसहित प्रचण्ड-नेपाल समूहका कार्यकर्ता विभिन्न ठाउबाट पक्राउ

कर्णालीदृष्टि
कर्णाली दृष्टि संवादाता २२ माघ २०७७, बिहीबार ०८:०८

काठमाडौं :काठमाडौं उपत्यकामा प्रचण्ड माधव समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको प्रहरीले नेता अष्ठलक्ष्मी शाक्यलाई पनि नियन्त्रणमा लिएको छ ।

कलंकीबाट नेता शाक्य पक्राउ परेकी हुन् । आज आमहड्ताल गरेको समूहका आधा दर्जन नेता कार्यकर्तासहित प्रहरीले शाक्यलाई नियन्त्रणमा लिएको हो ।

हड्ताल सफल बनाउन शाक्यसहितका नेता-कार्यकर्ताहरु सडकमा आएकाबेला पक्राउ परेका हुन् ।

प्रहरीले बिहानैदेखि काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ । बिहान सामाखसुसीबाट पनि केही युवा पक्राउ परेका छन् ।

Next Post

दैलेखका स्थानीय तह लगायत महाबुमा पनि बन्दको प्रभाव

२२ माघ २०७७, बिहीबार ०८:०८
दैलेख । माधव–प्रचण्ड समूहले आह्वान गरेको हड्तालमा आज माहाबु गाउँपालिका पनि पुर्ण रूपमा बन्द भएको छ । जिल्लाका अधिकांश स्थानीय तह लगायत महाबु गाउँपलिकाका  बिद्यालय तथा सरकारी कार्यालयहरु पनि बन्द भएका छन । बुधबार नेपाल कमिनिष्ट पार्टी (ने.क.पा)  माधव-प्रचण्ड समूहले वर्तमान के.पि. शर्मा वलि सरकारले  प्रतिनिधि सभा  विघटनको असवैधानिक कदम विरुद्ध […]

सम्बन्धित समाचार