प्रधानमन्त्रीमा दाबी पेश गर्ने देउवाको तयारी

कर्णाली दृष्टि संवाददाता ७ जेष्ठ २०७८, शुक्रबार १६:१३

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्ने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्ने देउवाको तयारी छ ।यसका लागि अहिले कांग्रेस संसदीय दलको कार्यालयमा चार पक्षका शीर्ष नेताहरुको बैठक सितल निवासमा बसिरहेको छ ।

Next Post

देउवालाई प्रधनमन्त्रीको माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित नेताहरु शीतलनिवास

७ जेष्ठ २०७८, शुक्रबार १६:१३
काठमाडौं : देउवालाई प्रधानमन्त्री बनाउन संविधानको धारा ७६ (५०) अनुसारको सरकार गठनका लागि दावी पेश गर्न विपक्षी दलहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधनमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित नेताहरु शीतलनिवास पुगेका हुन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि शीतल निवास पुगेका […]