बाल विवाह र जबरजस्ती करणी उद्योगको आरोपमा दैलेखमा ३ जना पक्राउ

कर्णालीदृष्टी संवाददाता २९ मंसिर २०७८, बुधबार ०७:१७

दैलेख । दैलेखमा बाल विवाह गर्ने एक जोडी पक्राउ परेका छन् । बाल विवाह गरेको आरोपमा दुई जनालाई दैलेख प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद शाहका अनुसार दैलेखको नारायण नगरपालिका वडा नं. ५ बस्ने बिशाल सुनारले सोही गाउँकी एक बािलकालाइ विवाह गरी घरमा ल्याई राखेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई दैलेख जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान थालेको छ ।

यसैबिच प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । भैरवी गाउँपालिका –६ कुसापानीका २२ वर्षीय युवा रुपेश लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाइ १६ बर्षीया युवतीलाई ललाई फकाई डरत्रास देखाई प्रलोभनमा पारी जबरजस्ती करणी गर्न खोजेको आरोप लागेको छ ।

पक्राउ परेका ती युवकमाथी थप अनुसन्धानका लागि दैलेख जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

Next Post

शिक्षक सेवा आयोगद्वारा नयाँ पदपूर्तिका लागि आह्वान

२९ मंसिर २०७८, बुधबार ०७:१७
काठमाडौं : शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५४४ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ। माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो। आगामी पुस १ देखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्ने गरी आयोगले मंगलबार […]