दैलेखबाट सुर्खेत जादैै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्य

कर्णालीदृष्टी संवाददाता १८ पुष २०७८, आईतवार १८:२७

सुर्खेत । सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्य भएको छ । दैलेखबाट सुर्खेत जादै गरेको भे २ त ११५७ नम्बरको ट्याक्टर दुर्घटनामा परि २१ वर्षीय भुवन शाहीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार वीरेन्द्रनगर ७ नागमोडमा अनियन्त्रित भएर भएको दुर्घटनामा दैलेखको महाबु गाउपालिका ५ का शाहीको मृत्यु भएको जिल्ला ट्राफिक इन्चार्ज उपेन्द्र प्रसाद आचार्यले बताउनुभयो ।

उहाका अनुसार ट्याक्टर मोडबाट ५० मिटर तल खसेको थियो । ट्याक्टरमा सहचालक सहित तीन जना अन्य पनि सवार रहेका थिए । उनीहरुको अवस्था सामान्य रहेको छ ।

Next Post

जाजरकोटमा जुवा खेल्दै गरेको अवस्थामा कर्मचारी र जनप्रतिनिधिसहित १४ पक्राउ

१८ पुष २०७८, आईतवार १८:२७
जाजरकोट । जाजरकोट सदरमुकामको भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जनालाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ । जुवा खेलिरहेको अवस्थामा बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीका अनुसार उनीहरू जाजरकोट सदरमुकाम नजिकै गैरीखालीस्थित सन्तोष श्रेष्ठको घरमा जुवा खेलिरहेका […]