लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

थप ६ जन मन्त्री नियुक्त

कृष्ण शर्मा २८ श्रावण २०७८, बिहीबार २०:१९

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसी र ६ जना मन्त्रीलाई बिहीबार साँझ सपथ गराएका हुन्।

प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख शेरचनले सत्तारुढ गठबन्धनबाट थप ६ जन मन्त्री नियुक्त गरेका हुन्।

केसीले जसपाका सुमन शर्मा रायमाझी, पुर्मती ढेँगा र सहसराम यादव, माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी र स्वतन्त्र सांसद अजय शाहीलाई मन्त्री नियुक्त गरेका हुन्।

उनीहरुले पनि आजै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

Next Post

मोहमद अफताव आलमको मुद्दाको सुनुवाइ हुँदै

२८ श्रावण २०७८, बिहीबार २०:१९
काठमाडौ – रौतहट बम विस्फोटको अभियोगमा थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहमद अफताव आलमको मुद्दाको आज सुनुवाई हुँदै छ। आलमको मुद्दा न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा पेसी रहेको छ। आलामले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्चमा दायर गरेका थिए। २०७७ असोज १२ गते दर्ता भएको निवेदनमा उनलाई थुनामा […]