बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

कर्णालीदृष्टी संवाददाता २२ फाल्गुन २०७८, आईतवार १८:३४

नेपालगञ्ज। बाँकेको नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि थप समस्या सिर्जना भएको छ । ३ सय ५० जनाको क्षमता रहेको कारागारमा ८ सय १४ जना कैदीबन्दी राखिएपछि उनीहरुले विभिन्न सरुवा रोगहरुको सामना गर्नु परेको र न्युनतम सुविधासमेत पाउनबाट बञ्चित बनेका हुन् ।

धेरै कैदीबन्दीको चापका कारण नयाँ कारागार भवन निर्माण कार्यमा पनि समस्या देखिएको नेपालगञ्ज कारागारका जेलर राजकुमार सोनकरले बताउनुभयो ।

उहाँले क्षमताभन्दा बढी कैदीबन्दीका कारण लुतो लगायतका सरुवा रोगको समस्या र शौचालयको समस्या हुने गरेको बताउनुभयो ।

कैदीबन्दीलाई व्यवस्थित रुपमा राख्ने उद्देश्यले सरकारले बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ नौंबस्तामा ३ हजार क्षमताको अत्याधुनिक क्षेत्रीय कारागार भवन निर्माण शुरु गरेको ५ वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा थप समस्या बढेको उनको भनाइ छ ।

जेलर सोनकरले क्षेत्रीय कारागार भवन निर्माणमा ढिलाई हुँदा कारागार प्रशासनलाई कैदीबन्दीको व्यवस्थापन गर्न सकस भएको हो ।

Next Post

सुर्खेतमा युवक मृत्युको घटनामा असई विरुद्ध किटानी जाहेरी

२२ फाल्गुन २०७८, आईतवार १८:३४
सुर्खेत । कालीकोटका व्यवसायी कृष्ण हमाल (मिनी) को सुर्खेतमा शंकास्पद मृत्यु भएपछि मृतकका परिवारले प्रहरी सहायक निरीक्षक (असई) शेरसिंह धामीविरुद्ध किटानी जाहेरी दिएका छन् । कालीकोट, तिलागुफा नगरपालिका–३ का ५४ वर्षीय मृतकका बुवा हिराचन्द्र हमालले आइतबार असई धामीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कर्तव्य ज्यानसम्बन्धी कसूरमा जाहेरी दर्ता दिएका हुन् । […]