नारामा मात्रै सीमित हुदा भ्रष्टाचार कम हुन सकेन

कर्णालीदृष्टी संवाददाता २४ मंसिर २०७८, शुक्रबार ०७:१९

दैलेख । ‘भ्रष्टाचार विरुद्धको अभियान, हाम्रो अधिकार’ हाम्रो भूमिका भन्ने नाराका साथ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस दैलेखमा पनि मनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर हरेक वर्ष डिसेम्बर ९ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखले आयोजना तथा नेपाल पत्रकार महासंघ दैलेखको समन्वय र सुन्दर नेपाल संस्था दैलेखको सहजीकरणमा बिहीबार दैलेखमा एक कार्यक्रमको आयोजना गरि भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस दैलेखमा पनि मनाइएका हो ।

कार्यक्रमका सहभागीहरुले भ्रष्टाचार रोकथामका लागी सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् । दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले भ्रष्टाचार नगर्ने प्रतिबद्धता कागजमा मात्र समिीत नभई व्यवहारमा पनि लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

राजनीतिक, सामाजिक, आर्थिक र नैतिक कारणले गर्दा मान्छेहरु भ्रष्टाचार गर्ने गरेको बताउँदै उहाले यसको रोकथामको लागी सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

यस्तै नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले पछिल्लो समयमा जिल्लामा भ्रष्टाचार बढ्दै गएको विभिन्न तथ्यांक सार्वजनिक भइरहेको बेला भ्रष्टाचार रोकथामका लागी सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।

भ्रष्टचार हुन नदिने भनिए पनि नेपालमा भ्रष्टाचार मौलाउँदो छ । पछिल्लो समय नेपालमा ५८ प्रतिशतले भ्रष्टाचार बढिरहेको ग्लोबल करप्सन ब्यारोमिटर एसियाको सन् २०२० को प्रतिवेदनमा उल्लेख छ । सरकारी कार्यालय भ्रष्टाचार हुने प्रमुख क्षेत्रका रुपमा रहेको समेत पाइएको छ ।

भ्रष्टाचार विरुद्धको राजनीतिक प्रतिबद्धता र शून्य सहनशीलता बोल्ने नारामा मात्र सीमित रहेकाले भ्रष्टाचार कम हुन नसकेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ । तर सूचना प्रविधिको अधिकतम उपयोग गर्दै अनलाइन सेवालाई थप सुदृढ बनाउँदै लगेकाले भ्रष्टाचार कम हुँदै गएको सरकारको दाबी छ ।

Next Post

आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखद्धारा बिद्यार्थीहरुलाई आयुर्वेद तथा योग शिक्षा

२४ मंसिर २०७८, शुक्रबार ०७:१९
दैलेख । आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले जिल्लाका बिभीन्न बिद्यालयमा अध्यनरत विद्यार्थिलाई आयुर्वेद तथा योग शिक्षा प्रदान गरेको छ । माध्यामिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई आयुर्वेद सम्वन्धि ज्ञान दिन कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको कार्यक्रम अनुसार जिल्लाका ३ वटा बिद्यालयमा आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम […]