भेरी पम्पिङको टेन्डर दसैंअघि हुने

६ अर्ब रुपैयाँ लाग्ने अनुमान

कृष्णा शर्मा ४ आश्विन २०७८, सोमबार १४:४४

वीरेन्द्रनगर — सुर्खेत उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सुरु हुन लागेको भेरी पम्पिङ आयोजनाको टेन्डर दसैंअघि हुने भएको छ । सुर्खेत उपत्यका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अनुसार आयोजनाको डीपीआर तयार भइसकेकाले चाँडै टेन्डर हुन थालेको हो ।

भेरीको पानी अमृतडाँडासम्म ल्याउनका लागि इन्टेक निर्माण गर्न नयाँ पहिचान गरिएको स्थान अवलोकन गर्दै अध्ययन टोली । फाइल तस्बिर
करिब ४ वर्षअघिदेखि भेरी नदीको पानी सुर्खेत उपत्यकामा ल्याउन विभिन्न निकायले अध्ययन र सर्भे गरे पनि काम हुन सकेको थिएन । असोजसम्म टेन्डरको काम भइसक्ने गरी प्रक्रिया थालिएको संस्थाका इन्जिनियर बालाराम तिवारीले बताए । उनका अनुसार दसैं अघिसम्म इन्टेक ९मुहान० को कामका लागि टेन्डर गरिसक्ने भनेर खानेपानी मन्त्रालयको तयारी छ । भेरी नदीको पानी पम्पिङ गरी वीरेन्द्रनगरमा ल्याउने विश्व बैंकले पनि लगानी गर्ने जानकारी दिएको उनले बताए ।

लगानी गर्न सहमत भएसँगै विश्व बैंकका प्रतिनिधि र संघीय खानेपानी मन्त्रालयका टोली केही दिनअघि भेरी पम्पिङ आयोजनाको स्थलगत अध्ययन गरी फर्किएको छ । लगानी र आयोजनाबारे अध्ययन गर्न आएको टोलीले नगरपालिका र सरोकारवाला निकायसँग पनि छलफल गरेको थियो । आयोजना सञ्चालनका लागि झन्डै ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

Next Post

संबिधान दिवसको अवसरमा दैलेखका २४ जना कैदीबन्दी रिहा ।।

४ आश्विन २०७८, सोमबार १४:४४
दैलेख । संबिधान दिवसको अवसरमा नेपाल सरकारको निर्णयमा राष्ट्रपद्धिारा देशभरका कैदीवन्दी रिहा गर्ने क्रममा दैलेखका २४ जना कैदीबन्दी रिहा भएका छन । बिभीन्न मुद्धामा ५० प्रतिशत कैद भुक्तान भएका दैलेखका २४ जना कैदीबन्दी रिहा भएको जिल्ला कारागार दैलेखका जेलर जित बहादुर खत्रीले जानकारी दिएका छन । रिहा भएका कैदीमध्ये कर्तव्य […]

सम्बन्धित समाचार