माओवादीको केन्द्रीय कमिटी बैठक चल्दै, पुसमा राष्ट्रिय सम्मेलन गर्न प्रचण्डको प्रस्ताव

आउँदो चुनावमा बलियो शक्ति बन्ने प्रचण्डको दाबी

कृष्ण शर्मा ३० श्रावण २०७८, शनिबार १४:४९

काठमाण्डौ – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक काठमाण्डौमा बसिरहेको छ । गौशालाको एक पार्टी प्यालेसमा बसिरहेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक एवं साङ्गठनिक प्रतिवेदन पेस गर्नुभएको छ ।

प्रचण्डले पेस गरेको प्रतिवेदनमा आउँदो पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ । राष्ट्रिय सम्मेलनको लागि भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान नै चलाउने उल्लेख छ । यस्तै असोज ३० गतेसम्म टोल, वडा, पालिका र जिल्ला सम्मेलन सक्ने प्रस्ताव गरिएको छ ।

मंसिरको २५ गते प्रदेश सम्मेलन गर्ने र पुसको ११ गतेदेखि राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ । अब टोल(टोलमा माओवादी केन्द्रका कमिटी बनाएर पार्टीलाई फेरि नागरिककै घरदैलोमा पुर्‍याउने र आउँदो चुनावमा बलियो शक्ति बन्ने प्रचण्डको दाबी छ ।

Next Post

कांग्रेस बैठक; महाधिवेशन तत्काल गर्ने कि सार्ने भन्नेमा सहमति जुट्नै बाँकी

३० श्रावण २०७८, शनिबार १४:४९
  काठमाण्डौ – सत्तारुढ नेपाली कांग्रेसले चौधौं महाधिवेशन तत्काल गर्ने कि सार्ने भन्ने विषयमा अझै सहमति जुटाउन सकेको छैन । अस्तिदेखि चलिरहेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको मितिबारे नेताहरूबीच परस्पर विरोधी धारणा आएका छन् । हिजोको बैठकमा संस्थापन पक्षका नेताहरुले आउँदो मंसिरभित्र महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । संस्थापन पक्षका […]

सम्बन्धित समाचार