एमाले महाधिवेशन : नेतृत्व छान्न मतदान सुरु

कर्णालीदृष्टी संवाददाता १४ मंसिर २०७८, मंगलवार ०६:४७

चितवन । नेकपा एमालेको १० औँ महाधिवेशनमा नयाँ नेतृत्व छान्न अहिले मतदान भइरहेको छ । सोमवार राति केन्द्रीय निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरेपछि अहिले मतदान भइरहेको हो ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन ढिला भएपछि मतदानको समय मङ्गलवार बिहान २ बजेदेखि ८ बजेसम्म सरेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावलीमा एमाले अध्यक्षमा केपी शर्मा ओली र भीमबहादुर रावल, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुषाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, सुवास चन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ ।

महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमालले उम्मेदवारी दिनुभएको छ ।

निर्वाचन समितिका अनुसार सचिवमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंकप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्मा कुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टले उम्मेदवारी दिनुभएको छ ।

Next Post

भीम रावल र बादललाई भोट नहाल्न भन्दै एमाले प्रतिनिधिहरुलाई पर्चा बाँडियो

१४ मंसिर २०७८, मंगलवार ०६:४७
चितवन । नेकपा एमालेको महाधिवेशनस्थल सौरहामा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्यासी भीम रावल लगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई पर्चा बाँडिएको भेटिएको छ । भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई बाँडिएको पर्चामा पूर्वमाओवादीका नेता रामबहादुर थापा (बादल) लेखराज भट्ट लगायतको नामसमेत छ ।# Onlinekhabar

सम्बन्धित समाचार