काठमाडौं :नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री ओली सङ्घीयता पक्षधर नभएकाले जुनसुकै बेला पनि प्रदेश, पालिका र संविधान खारेज गर्न सक्ने भएकाले सजग भएर बस्न कार्यकर्तालाई आह्वान गरे। बुधबार सर्लाहीको लालबन्दीमा नेपाली कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले १० वर्ष लगाएर बनाएको संविधानलाई प्रधानमन्त्री ओलीले अपहरण गरेकाले अदालतले संविधानको संरक्षण गर्नैपर्ने बताए ।नगरिकबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्नुको साटो प्रधानमन्त्री केपी शर्मा ओलीले अपहरण गरेको बताए ।
साथै उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बालुवाटारको इसारामा नभइ संविधान धारा र उपधाराअनुसार अघि बढ्न पनि सुझाव दिए ।प्रधानमन्त्री ओलीको गलतकमदलाई सच्याएर अदालतले ठिक ठाउँमा ल्याउने र प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा निर्णय गर्ने उनको भनाइ छ । न्यायालय र न्यायाधीशहरूलाई विभिन्न बहानामा धम्काउने काम तत्काल बन्द गर्न प्रधानमन्त्री ओलीलाई नेता थापाले चेतावनी दिए ।नेपाली नागरिकको ठूलो बलिदानीबाट प्राप्त भएको संविधानको रक्षा गर्न र प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोध गर्न गाउँगाउँका सबै नागरिकलाई प्रष्ट पार्नुपर्ने नेता थापाले बताए ।